रुपन्देही । नेकपा माओवादी केन्द्र बुटवल उपमहानगर कमिटीको नेतृत्व छान्ने विषयमा विवाद अझै पनि जारी रहेको छ । केही नेताहरुले आफूखुसीका व्यक्तिलाई नेतृत्वमा ल्याउन खोजेको भन्दै यहाँका पुराना नेता कार्यकर्ताले विरोध गरेपछि हात हालाहालको अवस्थामा पुगेको छ । १८ गते नै अधिवेशन सकिएपनि विवादका कारण अहिलेसम्म उपमहानगर कमिटी नेतृत्वविहिन अवस्थामा रहेको छ ।
अधिवेशनले नगर प्रतिनिधि छनौट गरेपनि पदाधिकारी र प्रदेशमा जाने प्रनिनिधि विवादका कारण छान्न सकेको छैन। प्रदेश प्रतिनिधिको ९ पदमा २३ जनाको उम्मेदारी परेपनि केही नेताहरुले आफू निकटकालाई पठाउन खोजेका कारण ढिलाई भएको छ । तीन दिनअघि नेतृत्व छान्न बसेको विषयमा दुवै समूहका नेताहरुबीच हात हालाहालको स्थिति भएको थियो ।
सो क्रममा माओवादी केन्द्रीय अनुशासन आयोगका सदस्य तथा प्रचार विभागका सदस्य विनोद पहाडीमाथि आक्रमण हुन थालेपछि उनले पनि आफ्नो थप शक्ति बोलाएको स्रोतले बतायो । पार्टी कार्यालयमा दुवै समूहबीच पटक पटक हात हालाहालको अवस्था आएपछि दुवै समूहले आफ्नो समूह बलियो बनाएका छन् ।
कार्यकर्ताले बुटवलमा स्थायी नेतृत्व नचाहेका कारण पार्टीको संगठन ध्वस्त भएको बताउँदै भूगोलमा काम गर्ने स्थानीय नेतालाई अगाडि सार्न दवाव दिएका छन् ।
FACEBOOK COMMENTS