काठमाडौं । नेकपा माओवादी केन्द्रले माधव नेपाल नेतृत्वको एकीकृत समाजवादीले पार्टी एकताबारे गरेको निर्णयको स्वागत गरेको छ ।
माओवादीका नेता हरिबोल गजुरेलले वामपन्थी एकताको सुरुआत भएको जिकिर गरे। उनले भने, ‘उहाँहरूको पार्टीले बहुमतको आधारमा एकताको निर्णय गरेको छ।
अब झलनाथजीहरुले पार्टीको निर्णय मानेर आउनुहुन्छ कि के गर्नुहुन्छ। त्यो उहाँहरूको कुरा हो। तर यसले वामपन्थी एकताको सुरुआत गरेको छ।’ उनले प्रचण्डले सच्चा वामपन्थीहरूको एकताको प्रयास गरिरहेको दाबी गरे।
पार्टी एकतासहित समग्र राजनीतिक घटनाक्रमबारे समीक्षा गर्न आजै सचिवालय बैठक बस्न लागेको समेत बताए। उनका अनुसार बैठक दिउँसो ३ बजे पेरिसडाँडामा बस्नेछ।
FACEBOOK COMMENTS