काठमाडौं । नेकपा (माओवादी केन्द्र) को सचिवालय बैठक सोमबार बस्दैछ ।
पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा अपराह्न १ बजेका लागि बैठक बोलाइएको सचिवालय सदस्य अग्निप्रसाद सापकोटाले जानकारी दिए ।
“केन्द्रीय सचिवालय बैठक आजका लागि बोलाइएको छ । बैठकमा महाधिवेशन, प्रतिनिधि छनोटलगायतका विषयमा छलफल हुनेछ,” उनले भने ।
नेकपा माओवादी केन्द्रको असोज ९ र १० गते बसेको केन्द्रीय समिति बैठकले केन्द्रीय समिति विघटन गरेर मंसिर अन्तिम साता विशेष महाधिवेशन गर्ने निर्णय गरेको थियो ।
बैठकले केन्द्रीय समिति भंग गरेर विशेष महाधिवेशनका लागि पुष्पकमल दाहाल प्रचण्डको संयोजकत्वमा महाधिवेशन आयोजक समिति बनाएको छ ।
FACEBOOK COMMENTS