काठमाडौं । मानुषी लघुवित्त र सिर्जनशील लघुवित्त एक–आपसमा गाभिने भएका छन्। मानुषी लघुवित्तले शनिबार बनेपाको पुतलीघर रिसोर्टमा सम्पन्न विशेष साधारणसभामा गाभिने प्रस्ताव पारित गरेको हो।
सभाले ७३:१०० को अनुपातमा सेयर आदान–प्रदान गर्ने प्रस्ताव पनि पारित गरेको छ। सभाले सञ्चालक समितिकोे निर्विरोध चयन पनि गरेको छ।
गाभिने सम्बन्धमा दुई संस्थाबीच गत आर्थिक वर्ष नै प्रारम्भिक सम्झौता भएको थियो। सभाले गाभिने सम्बन्धमा बाँकी रहेका सम्पूर्ण कार्य पूरा गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गरेको छ।
सिर्जनशील लघुवित्तले पनि शनिबार नै विशेष साधारण सभा सम्पन्न गर्दै गाभिनेलगायतका प्रस्ताव पारित गरेको छ।
FACEBOOK COMMENTS