काठमाडौं । साताको तेस्रोदिन कारोबार सेयर बजार दोहोरो अंकले बढेको छ । बजार २३.८३ अंकले बढेर २९६०.४० विन्दु कायम भएको हो । सोमबार (हिजो) बजार एकल अंक अर्थात् ५.०१ अंकले बढेर २९३६.५६ विन्दु कायम भएको थियो ।
यस दिन ३४१ कम्पनीको तीन करोड ५८ लाख २२ हजार १९१ कित्ता सेयर एक लाख २६ हजार ९४७ पटक किनबेच हुँदा १४ अर्ब ८३ करोड ९१ लाख रुपैयाँभन्दा बढीको कारोबार भयो । अघिल्लो दिन १५ अर्ब ७८ करोड रुपैयाँको सेयर कारोबार भएको थियो ।
दुई कम्पनीको सकारात्मक सर्किट लेभलमा सेयर कारोबार भयो । यी दुईमा सालपा विकास बैंक र रिलायन्स स्पिनिङ मिल्स हुन् । यीसहित सोलु हाइड्रोपावर, हिमालयन पावर र भुजुङ हाइड्रोपावर कम्पनीका लगानीकर्ताले धेरै कमाए ।
धेरै गुमाउनेमा फस्र्ट माइक्रोफाइनान्स, मनकामना इन्जिनियरिङ हाइड्रोपावर, मेरो माइक्रोफाइनान्स र ग्रामीण डिवेन्चरका लगानीकर्ता रहेका नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले जनाएको छ ।
FACEBOOK COMMENTS