काठमाडौं । दसैं बिदापछि सोमबारदेखि सेयर बजार खुलेको छ। प्रि–ओपन सेसनमा नेप्से परिसूचक नकारात्मक देखिएको छ।
परिसूचक ३.३२ अंकले घटेर २६३०.८४ विन्दुमा पुगेको हो।
प्रि–ओपन सेसनमा ८६ वटा कम्पनीका ९ हजार ७६२ कित्ता सेयर ३५ लाख ५१ हजार ३०९ रुपैयाँमा खरिदबिक्री भएका छन्।
कारोबारमा आएका कम्पनीमध्ये १६ वटाको सेयर मूल्य बढेको छ भने ३४ वटाको घटेको छ। बाँकी ३० वटा कम्पनीको सेयर मूल्य स्थिर रहेको छ।