काठमाडौँ । दाङको लमही–घोराही सडक खण्ड अन्तरगत पर्ने मसोट खोलामा डाईभर्सन निर्माण गरेर यातायात सुचारु गरिएको छ ।
मसोट खोलाको पुल जिर्ण भए पछि शुक्रबार साँझ सम्म सवारी साधन बाँध गरेर निर्माणको काम भइरहेको छ ।
लमही–अमिलिया–तुलसीपुर–घोराही सम्मको बैकल्पिक बाटो टाढा पर्ने र यात्रुलाई सास्ती हुने भएपछि पुलकै किनारबाट डाइभर्सन गरि बैकल्पिक सडक सुचारु गरिएको प्रहरीले जनाएको छ ।
पुलको मर्मतका लागि बुधबार बिहान ७ बजेदेखि शुक्रबार साँझ ७ बजेसम्म दुई पाङग्रे सवारी बाहेक अन्य सवारी साधनहरुको लागि बाटो पुर्ण रुपले बन्द गरिएको छ ।
FACEBOOK COMMENTS