बुटवल । प्यूठानको ऐरावती गाउँपालिका–१ को छेडाघाटमा आगलागी हुँदा २४ घर र गोठ जलेर नष्ट भएका छन् ।
गएराती भएको आगलागीमा ९३ लाख बराबरको क्षति भएको प्रारम्भिक अनुमान गरिएको प्रहरीले जनाएको छ ।
स्थानीय धन बहादुर रानाले घर गोठ र २४ बाख्रा र केहि गाइगोरु जलेको बताएका छन् ।
आगलागीपछि स्थानीय, प्रहरी सशस्त्र प्रहरीले आगलागी नियन्त्रणमा लिएका थिए ।