मकवानपुर । मकवानपुरको मनहरीमा तीन जना किरियापुत्रीले मतदान गरेका छन् ।
आज बिहानैबाट सुरु भएको प्रतिनिधि सभा र प्रदेश सभा सदस्य चुनावमा मनहरी–४ स्थित पशुपतिनाथ माध्यमिक विद्यालयमा रहेको मतदान केन्द्रमा तीन जना किरियापुत्री दाजुभाइले मतदान गरेको मतदान अधिकृत भैरवबहादुर कुमालले जानकारी दिए।
किरियापुत्री बिलराम खड्काले मतदान केन्द्र क, राजकुमार खड्का र राम खड्काले मतदान केन्द्र ख मा मतदान गरेका हुन् ।
उहाँहरूले आमा मैयाँ खड्काको निधनको चौथो दिन किरियापुत्रीको पहिरनमै मतदान गरेका हुन् ।
FACEBOOK COMMENTS