काठमाडाैं । बागलुङको जैमिनी नगरपालिका–४ सर्कुवाको जनता मावि मतदान केन्द्रमा मतदान स्थगित भएको छ।
बिहानबाट मतदान भइरहेको भएपनि दिउँसो २ बजे एक पक्षले मतदानस्थलमा प्रवेश गरेर मतपत्र च्यातेपछि मतदान स्थगित भएको मतदान अधिकृत कृष्ण प्रसाद ढकालले बताए ।
हस्ताक्षर विनाकै मतदान भएको भन्ने हल्ला भएपछि एक समूह मतदानस्थलमा प्रवेश गरेर मतपत्र च्यातेको थियो ।
अहिले मतदान स्थगित भएको र मतदानस्थल प्रहरीको नियन्त्रणमा रहेको मतदान अधिकृत ढकालले बताए । कति मतपत्र च्यातिएको छ भन्ने पनि यकिन भइसकेको छैन ।
FACEBOOK COMMENTS