जनकपुरधाम । धनुषा- १ बाट नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का मातृकाप्रसाद यादवलाई विजयी घोषणा गरिएको छ ।
निर्वाचन आयोगले धनुषा-१ को मतगणनाको परिणाम सार्बजनिक गर्न निर्देशन दिए बमोजिम निर्वाचन अधिकृतको कार्यालय धनुषाले यादवलाई विजयी घोषणा गरेर प्रमाणपत्र दिएको हो ।
रास्वपाका उमेदवार किशोरी साहको उमेदवारी खारेज भएपछि धनुषा-१ मा विवाद भएको थियो । आयोगले आफ्नो उम्मेदवारी खारेज गरेको विषयमा किशोरी शाह सर्वोच्चमा गएका छन् र सर्वोच्चले फागुन २९ गतेकालाई आयोगलाई छलफलमा बोलाएको छ ।
आयोगले पछि सर्वोच्चको आदेश बमोजिम हुने भन्दै अहिलेलाई किशोरी साहको उम्मेदवारीलाई खारेजीकै अवस्थामा राखेर मतगणनाको परिणाम सार्बजनिक गर्न निर्देशन दिएको थियो ।
धनुषा-१ मा किशोरीको उम्मेदवारी खारेज भएपनि उनकै पक्षमा धेरै मत परेको बताइएको छ । तर आयोगले भने १० हजार ४३० मत ल्याएर त्यसपछि शिर्ष स्थानमा रहेका यादवलाई विजयी घोषणा गर्दै प्रमाण पत्र दिएको छ ।

योसँगै नेकपाको प्रत्यक्षतर्फ ८ सिट भएको छ ।

FACEBOOK COMMENTS