काठमाडौं । सर्वोच्च अदालतले धनुषा १ मा रास्वपा उम्मेदवार किशोरी यादवको माग बमोजिम अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । यससँगै उनको उम्मेदवारी खारेज गर्ने निर्वाचन आयोगको निर्णय हाललाई कायम रहने भएको छ ।
यादवले आयोगको निर्णय खारेज गर्न माग गर्दै आयोगमा रिट हालेका थिए । तर आयोगले अन्तिम फैसलाअनुसार हुने गरी हाललाई अन्तरिम आदेश जारी गर्नु नपर्ने ठहर गरेको हो ।
यससँगै धनुषा १ मा नेकपाका उम्मेदवार मातृका यादवले पाएको विजयी प्रमाणपत्र हाललाई जोगिएको छ । आफूलाई कालोसूचीबाट हटाउन माग गर्दै यादवले दिएको अर्को रिटमाथि फैसला हुन बाँकी छ । उक्त फैसलासँगै धनुषा १ को अन्तिम टुंगो लाग्ने छ । हाललाई नेकपाका यादवले शपथ खान पाउने अवस्था देखिएको छ ।
FACEBOOK COMMENTS