काठमाडौं । नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको समीक्षाको लागि बोर्ड बैठक बोलाएको छ ।
चालू आर्थिक वर्ष २०७९/८० को मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा आज सार्वजनिक गर्नका लागि केन्द्रिय बैंकले बोर्ड बैठक बोलाएको हो ।
नेपाल राष्ट्रका अनुसार आज ४ बजेपछि संचालक समितिको बैंठक रहेको र उक्त बैंठकले पारित परेपछि मौद्रिक नीतिको समीक्षा सार्वजनिक हुनेछ ।
राष्ट्र बैंकले चालू वर्षको मौद्रिक नीति ल्याउँदा आयात देखि कर्जा प्रवाहमा समेत कडाई गरेको थियो । तर पछिल्लो समय देशको सोधनान्तर स्थितीमा केही सुधार आएकले केही खुकुलो गर्ने नीति अबलम्बन गरिने राष्ट्र बैंक स्रोतको भनाई रहेको छ ।
FACEBOOK COMMENTS