काठमाडौं । नेपालका लागि दिपल, नामी र सेरेस ईभीको आधिकारिक बिक्रेता एमएडब्ल्यू वृद्धिले ‘एमएडब्ल्यू ईभी कार्निभल’ सुरू गरेको छ ।
काठमाडौं नक्सालस्थित अमरपाली बैंकेटलगायत देशभरका शोरुमहरुमा आजदेखि ईभी कार्निभल सुरु गरेको हो । आगामी बुधबारसम्म चल्ने नेपालकै ठूलो ईभी कार्निभलमा ग्राहकहरुले दिपल, नामी र सेरेसको टेस्ट ड्राइभ तथा एक्सचेञ्जको अवसर पाउने छन् ।
एमएडब्ल्यू वृद्धि ईभी कार्निभलमा ग्राहकले हरेक ईभी मोडेलमा आकर्षक क्यास डिस्काउन्ट, एक्सचेन्ज बोनस, फ्रि ७ किलोवाट चार्जर र एसेसोरिज, फ्रि रोड ट्याक्स र अटोप्लस इन्स्योरेन्स पाउने कम्पनीले जनाएको छ । ग्राहकले टप ८ रि–कन्डिसन हाउसबाट आफ्नो पुरानो गाडीको बेस्ट रि–कन्डिसन भ्यालु पनि पाउने छन् । साथै, हरेक टेस्ट ड्राइभ र भ्यालुएसनमा पनि ग्राहकले उपहार पाउने बताइएको छ ।
कार्निभलमा चांगानको अफरोड क्यापाबल र स्टाइलिस हन्टर पिकअप पनि डिस्प्लेमा राखिएको छ जसलाई मात्र १० प्रतिशत डाउनपेमेन्टमा घर लान सकिनेछ । साथै, हरेक दिन बुकिंग गर्नेमध्ये भाग्यशाली एक जोडीले नगरकोटस्थित कन्ट्री भिल्लामा फ्रि नाइट स्टे पाउननेछन् भने बम्पर उपहारमा बुकिङ गर्ने एक जनाले लक्की–ड्रमार्फत आईफोन१६ प्रोम्याक्स पाउने छन् ।
FACEBOOK COMMENTS