काठमाडौं । कर्पोरेट मिडिया ग्रुपले एमएडब्ल्यू वृद्धि कमर्सियल भेहिकल प्रालिलाई ‘कर्पोरेट कमर्सियल भेहिकल अवार्ड’ प्रदान गरेको छ ।
१८औँ संस्करणको ‘कर्पोरेट बिजनेश समिट एण्ड अवार्ड, २०२६’ अन्तर्गत कम्पनीलाई सो अवार्ड प्रदान गरिएको हो ।
ईश्वर लाल प्रतिष्ठानको सहकार्यमा कर्पोरेट मिडिया ग्रुपले बिहीबार काठमाडौंस्थित होटेल र्याडिसनमा आयोजना गरेको विशेष समारोहमार्फत प्रतिनिधसभा राज्य व्यवस्था तथा सुशासन समितिका सभापति हरि ढकालले सो संस्थाका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अनिल कुमार बराललाई सो अवार्ड प्रदान गरे ।

६ दशक लामो समृद्ध इतिहास बोकेको नेपालको अग्रणी, अत्यन्त विविधीकृत र विश्वसनीय संस्था एमएडब्ल्यू वृद्धिको छाताभित्र रहेको एमएडब्ल्यू वृद्धि कमर्सियल भेहिकल प्रालि एक अग्रणी नेपाली अटोमोबाइल कम्पनी हो ।

एमएडब्ल्यू वृद्धि कमर्सियल भेहिकल्स प्रालि नेपालको यात्रुवाहक तथा व्यावसायिक सवारीसाधन क्षेत्रको एक अग्रणी र प्रतिष्ठित कम्पनी हो । फोटोन, सोकोन, सेरेस, डोङफेङ नाम्मी र चाङ्गान जस्ता विश्वप्रसिद्ध ब्राण्डहरूको आधिकारिक वितरक यस कम्पनीले हालसम्म तीन हजारभन्दा बढी गाडीहरू आपूर्ति गरिसकेको छ ।

‘थ्री एस’ (सेल्स, सर्भिस, स्पेयर पाट्र्स) अवधारणा र देशव्यापी सञ्जालमार्फत भरपर्दो सेवा दिँदै आएको यस कम्पनीले ईभी प्रवर्द्धन र हरित अर्थतन्त्रमा विशेष योगदान पुर्याएको छ । दिगो यातायात प्रणालीमा पुर्याएको यही विशिष्ट योगदानको कदरस्वरूप कम्पनीलाई ‘कर्पोरेट कमर्सियल भेहिकल अवार्ड २०२६’ बाट सम्मानित गरिएको कर्पोरेट मिडिया ग्रुपका अध्यक्ष उज्वल जंग शाहले जानकारी दिए ।


एमएडब्ल्यू वृद्धिले नवप्रवर्तन, अन्तर्राष्ट्रिय साझेदारी र विश्वसनीय सेवामार्फत विभिन्न क्षेत्रहरूको विकासलाई अघि बढाइरहेको छ । गुणस्तर र प्रदर्शनप्रति प्रतिबद्ध यस समूहले उद्योगहरूको रूपान्तरण गर्दै राष्ट्रिय प्रगतिमा योगदान पुर्याइरहेको छ ।
कार्यक्रममा ‘कर्पोरेट एक्सिलेन्स’, ‘बैंकिङ, इन्स्योरेन्स एण्ड फाइनान्स’, ‘कर्पोरेट इन्डष्ट्री लिडरसिप’, ‘कर्पोरेट बिजनेश लिडरसिप’ र ‘लाइफटाइम एचिभमेन्ट’ सहित पाँचवटा विधामा कूल २९ वटा अवार्ड प्रदान गरिएको अध्यक्ष शाहले जानकारी दिए । नेपालको निजी क्षेत्र, बैंकिङ, बीमा, उद्योग, स्वास्थ्य, ऊर्जा तथा उद्यमशीलता क्षेत्रमा उल्लेखनीय योगदान पुर्याउने व्यक्ति तथा संस्थाहरूलाई सम्मान गर्ने उद्देश्यले विगत १८ वर्षदेखि ‘कर्पोरेट बिजनेश अवार्ड’ आयोजना गर्दै आएको उनको भनाइ छ ।

कार्यक्रममा अवार्ड वितरणसँगै देशको वर्तमान आर्थिक अवस्था, लगानीको वातावरण, निजी क्षेत्रले भोगिरहेका चुनौती तथा आर्थिक पुनरुत्थानका सम्भावनाबारे पनि छलफल गरिएको थियो । यस्तै, अर्थतन्त्रलाई चलायमान बनाउन निजी क्षेत्रको भूमिका, लगानी विस्तार, रोजगारी सिर्जना तथा आर्थिक सुधारका विषयमा समेत छलफल गरिएको थियो ।
कार्यक्रममा प्रतिनिधिसभाअन्तर्गत राज्य व्यवस्था तथा सुशासन समितिका सभापति हरि ढकाल, सङ्घीय सांसद, अर्थशास्त्री, उद्योगी–व्यवसायी तथा विभिन्न क्षेत्रका सरोकारवालाको सहभागिता रहेको थियो । साथै, देशभरका उद्योगी–व्यवसायी, बैंक तथा वित्तीय संस्था, बीमा कम्पनी, स्वास्थ्य संस्था, ऊर्जा क्षेत्र तथा अन्य व्यावसायिक क्षेत्रका प्रतिनिधिहरूको उल्लेख्य उपस्थिति रहेको थियो ।
यो पनि पढ्नुहोस्–
‘कर्पोरेट बिजनेस समिट एण्ड अवार्ड’ कार्यक्रम सम्पन्न, पाँच विधामा २९ वटा अवार्ड प्रदान (विवरणसहित)