काठमाडौं । रुपन्देहीको मायादेवी गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार ध्रुवनारायण चौधरी विजयी भएका छन्।
चौधरीले पाँच हजार ३८६ मत प्राप्त गरेका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी लोकतान्त्रिक समाजवादी पार्टी, नेपाल (लोसपा)का उम्मेदवार रामअधारे अहिरले चार हजार ९८८ मत प्राप्त गरेका छन्। विसं २०७४ मा सम्पन्न स्थानीय तहको निर्वाचनमा पनि चौधरी अध्यक्षमा निर्वाचित भएका थिए।
त्यस्तै उपाध्यक्षमा लोसपाकी उम्मेदवार नर्वदादेवी उपाध्याय चार हजार ९४२ मत प्राप्त गरी विजयी भएकी हुन्। सो पदमा कांग्रेसका उम्मेदवार तारादेवी यादवले चार हजार ८८९ मत प्राप्त गरेकी छन्।
FACEBOOK COMMENTS