काठमाडौं । भुटानी अभिनेत्री उगेन छोदेन र आकाश श्रेष्ठ अभिनीत म्युजिक भिडिओ ‘माया के हो ?’ सार्वजनिक गरिएको छ ।
सुरेश लामा र त्रिशला गुरूङको आवाज रहेको गीतमा सङ्गीतकार अर्जुन पोखरेलले सङ्गीत भरेका छन् । निकेश खड्काले निर्देशन गरेको म्युजिक भिडिओमा भुटानी अभिनेत्री उगेन छोदेन र नेपालका अभिनेता आकाश श्रेष्ठले जीवन्त अनि सशक्त अभिनय प्रस्तुत गरेका छन् ।
जमलस्थित विश्वज्योती सिनेप्लेक्समा आज विशेष कार्यक्रम आयोजना गरी म्युजिक भिडिओ सार्वजनिक गरिएको हो । म्युजिक भिडिओ ‘ङात्शो’ युटुब च्यानलमा अपलोड गरिएको छ । ङात्सो भुटानी नागरिक हुन्, अहिले उनी अमेरिकामा बसोबास गर्छिन् ।
नेपाली म्युजिक भिडिओमा देखिएकी अभिनेत्री छेदेनले यसअघि नेपाली चलचित्र ‘दुई नम्बरी’मा नेपालका चर्चित अभिनेता दयाहाङ राईसँग जोडी बनेर उत्कृष्ट अभिनय गरिसकेकी छिन् । उनी भुटानी चलचित्र उद्योगमा निर्माता, अभिनेत्री तथा निर्देशकको पहिचान बनाइसकेकी सफल अभिनेत्री हुन् ।
हेर्नुहोस् उनी अभिनीत म्युजिक भिडिओ–
FACEBOOK COMMENTS