काठमाडौं । कालीमाटीस्थित स्वर्णलक्ष्मी सहकारीको बचत अपचलन र सङ्गठित अपराधको मुद्दामा पक्राउ परेकी नेपाली कांग्रेसकी सांसद माया राईलाई तीन दिन हिरासतमा लिएर अनुसन्धान गर्न अदालतले प्रहरीलाई अनुमति दिएको छ ।
प्रहरीले उनलाई हिजो शनिबार पक्राउ गरेर आज आइतबार काठमाडौं जिल्ला अदालतमा उपस्थित गराएकामा अदालतले उनीमाथि अनुसन्धानका लागि पहिलो चरणमा तीन दिनको म्याद दिएको हो ।
उनलाई जिल्ला प्रहरी परिसर काठमडौंको हिरासतमा राखिएको छ ।
राई स्वर्णलक्ष्मी सहकारीको सञ्चालक सहसचिव थिइन् ।
FACEBOOK COMMENTS