काठमाडौं । नेपाली कांग्रेसकी सांसद माया राईविरुद्ध ३७ लाख बढी बिगो मागदाबी काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर भएको छ ।
राईविरुद्ध सहकारी ठगी र संगठित अपराधको कसुरमा मुद्दा दर्ता भएको हो ।
जिल्ला प्रहरी परिसर काठमाडौंले गरेको अनुसन्धान प्रतिवेदनका आधारमा जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंले मंगलबार मुद्दा दायर गरेको हो ।
कालीमाटीको स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणमा उनीविरुद्ध ३७ लाख ३५ हजार ८४३ रुपैयाँ बिगो मागदाबी गर्दै मुद्दा दायर भएको छ ।
प्रहरीले राईलाई वैशाख १३ गते राति कपनस्थित घरबाटै पक्राउ गरेको हो।
राई भोजपुर स्थायी घर भएकी राई समानुपातिक सांसद हुन् ।
FACEBOOK COMMENTS