ओखरा कात्तिक २४,विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीले छठ पूजाका लागि सिंघिया घाटसम्म सडकमा घस्रेर दण्ड प्रणाम यात्रा गर्नुभएकाे छ । हिजोदेखि व्रत बस्नुभएका पराजुलीले यस बर्षको छठमा घिस्रिदै यात्रा गर्नुभएकाे हाे । सडकमा दण्ड प्रणाम गर्दै उहाँले यात्रा गरेको यो सँगै १८ पटक भएको छ । उहाँ २० वर्षदेखि छठकाे व्रत बस्दै आउनु भएकाे छ ।
उहाँले विराटनगर तीन ठूलोमिल चोकमा रहेको शिव पाञ्चायन मन्दिरबाट सिंघिया खोलामा रहेकाे पूजास्थलसम्म करिब साढे तीन किलोमिटर दण्ड प्रणाम यात्रा गरेको बताउनु भयाे । गत बर्ष पाँच घन्टा लगाएर यात्रा गरेको मेयर पराजुलीको भनाइ छ । पारजुलीसँगै उहाँका भतिज प्रमेशले पनि दण्ड प्रणाम यात्रा गर्नुभएकाे छ । उहाँले ६ बर्षदेखि निरन्तर काकासँगै घस्रिएर दण्ड प्रणाम यात्रा गरिरहनु भएकाे छ । कोरोनाबाट संसारलाई मुक्त गराउनका लागि यात्रा गरेको उहाँले बताउनु भएकाे छ। उहाँले भन्नुभयाे, ‘लोककल्याण र शान्तिको कामना गर्दै मैले दण्ड प्रणाम यात्रा गरेको हुँ । यो पटककाे मेराे यात्रा अन्तिम हाे ।’
FACEBOOK COMMENTS