काठमाडौं । मर्चेन्ट बैंकिङ्ग एसोसिएशन नेपाल (एमबान) ले आफ्नो १६औं वार्षिक साधारण सभा गत शुक्रबार सम्पन्न भएको छ ।
पोखरामा आयोजना गर्ने भनिएको उक्त साधारण सभा देशको पछिल्लो परिस्थितिलाई दृष्टिगत गरी काठमाडौंमा सम्पन्न गरिएको हो । होटेल अलफ्टमा सम्पन्न साधारण सभामा एमबानका सबै मर्चेन्ट बैंकिङ्ग संस्थाहरूका प्रतिनिधि र सदस्यहरुको उपस्थिति थियो ।
सभाले आर्थिक वर्ष २०८१/८२ को एमबानका गतिविधि र उपलब्धिहरुको समीक्षा गर्नुका साथै २०८२/८३ को वार्षिक कार्यक्रम र बजेटलाई अनुमोदन समेत गरेको छ । साधारण सभाको अवसरमा एमबानले नेपालको मर्चेन्ट बैंकिङ्ग व्यवसायमा व्यावसायिकता र दिगो वृद्धिलाई प्रवर्द्धन गर्ने आफ्नो प्रतिबद्धता समेत दोहोर्याएको छ ।
नेपालको मर्चेन्ट बैंकिङ व्यवसायमा वर्तमान मुद्दा, चुनौतीहरू र भविष्यका रणनीतिक योजनाहरूबारे छलफल भएको थियो । सभाले एसोशिएसनको नाम तथा अन्य थप आवश्यक संशोधन गरेको छ ।
साथै कार्यक्रममा पुँजी बजारमा मर्चेन्ट बैंकहरूको भूमिकालाई सुदृढ गर्ने नीतिगत विषयहरूमा पनि छलफल गरिएको थियो ।
FACEBOOK COMMENTS