पूर्वमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी का स्थायी समिति सदस्य गिरिराजमणि पोखरेलले अमेरिकी सहयोग अन्तर्गतको मिलेनियम च्यालेन्ज कर्पोरेशन एमसीसीआवश्यक संशोधनपछि मात्र पास गर्ने बताएका छन् । उनले एमसीसी संशोधन गरेरमात्र पारित गर्ने आफ्नो पार्टीको नीति रहेको पनि प्रस्ट पारे ।
पोखरेलले केपी शर्मा ओलीलाई निरन्तर पाँच वर्ष सत्तामा रहन दिएको अवस्थामा निरंकुशता लाद्ने निश्चित रहेको पनि उजागर गरे । सत्तामा रहँदा ओलीले गरेका व्यवहारले नै यसको पुष्टि भएको उनको भनाइ छ। संसद पुनर्स्थापनापछि राजनीति फेरि लिकमा आएको र ओलीको बोली र व्यवहारमा धेरै भिन्नता रहेको पनि बताए ।
कार्यक्रममा विभिन्न दलबाट ४५० भन्दा बढी स्थानीय नेता, कार्यकर्ता तथा सर्वसाधारण आफ्नो पार्टीमा प्रवेश गरेको माओवादीको वडा कमिटीले जनाएको छ ।
FACEBOOK COMMENTS