काठमाडौं । दुईदिने नेपाल भ्रमणमा रहेकी अमेरिकी उपविदेशमन्त्री भिक्टोरिया न्युल्यान्डले नेपाल र अमेरिकाबीचको सम्बन्ध र सहकार्यलाई थप अघि बढाउने बताएकी छन् ।
सोमवार ललितपुरमा पत्रकार सम्मेलन गरी उनले नेपालको आर्थिक विकासमा अमेरिकाले आफ्नो सहायता परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन ९एमसीसी० मार्फत सहयोग गरिरहेको बताइन् । अमेरिकाले नेपालको स्वास्थ्य, शिक्षा र साइबर क्षेत्रमा भइरहेको अपराध रोक्न नयाँ प्रविधि सहयोग आगामी दिनमा झनै सशक्त बनाउँदै जाने प्रतिबद्धता उनले व्यक्त गरिन् । नेपाललाई अमेरिकाले बहुपक्षीय सहयोग गरिरहेको भन्दै उनले आगामी दिनमा पनि आपसी हितका विषयमा सहयोगलाई निरन्तरता दिने बताइन् ।
उनले नेपाल र अमेरिकाबीचको द्विपक्षीय सम्बन्ध र लोकतन्त्रको विकास तथा सुशासनमा पुर्याउँदै आएको सहयोगलाई अझै सुदृढ बनाउने बताइन् । उपविदेशमन्त्री न्युल्यान्डले नेपालको नयाँ सरकारले अमेरिका र नेपालबीचको सम्बन्धलाई झनै सुमधुर बनाएर लैजानेमा आशावादी रहेको बताइन् ।
उनले सोमवार प्रधानमन्त्रीसहित शीर्ष नेताहरूसँगको भेटमा एमसीसी कार्यान्वयनबारे विशेष चासो राखिन् । प्रधानमन्त्री पुष्पकमल दाहाल, परराष्ट्रमन्त्री डा। विमला राई पौड्याल, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा ९एमाले०का अध्यक्ष केपी शर्मा ओलीसँग उपविदेशमन्त्री न्युल्यान्डले भेटवार्ता गरेकी थिइन् । नयाँ सरकार बनेपछि अमेरिकी सरकारका तर्फबाट भएको यो पहिलो उच्चस्तरीय भ्रमण हो ।
बालुवाटारमा भएको भेटवार्तामा प्रधानमन्त्री दाहालले नेपालको विकास प्रयासमा संयुक्त राज्य अमेरिकाले पुर्याएको योगदानको प्रशंसा गर्दै आगामी दिनमा पनि अमेरिकी सहयोगले निरन्तरता पाउने विश्वास व्यक्त गरे । उपविदेशमन्त्री न्युल्यान्डले नेपालमा अमेरिकाले शुरू गरेका विकास परियोजना अघि बढाउन अमेरिका प्रतिबद्ध रहेको बताएको प्रधानमन्त्रीका प्रेस संयोजक सूर्यकिरण शर्माले जानकारी दिएका् आजको आर्थिक अभियान दैनिकमा समाचार छ ।
FACEBOOK COMMENTS