काठमाडौं । अमेरिकाको भ्रमणमा रहेका परराष्ट्रमन्त्री एन पी साउदले एमसिसि परियोजना समयमा नै सम्पन्न गरिने बताएका छन् ।
आज परराष्ट्रमन्त्री एनपी साउद र मिलेनियम च्यालेञ्ज कर्पोरेशनका प्रमुख कार्यकारी अधिकृत एलिस अल्ब्राईटबीच वाशिङ्टन डिसीमा भएको भेटमा मन्त्री साउदले निर्धारित समयमा नै परियोजना पूरा हुने प्रतिबद्धता व्यक्त गरे । एमसिसी परियोजना पाँच वर्षमा नै सम्पन्न गर्ने विषयमा एमसिसीका अधिकारीसँग छलफल भएको वाशिङ्टनस्थित नेपाली दूतावासले जनाएको छ ।
गत भदौ १२ गतेदेखि कार्यान्वयन भएको उक्त परियोजनाअन्तर्गत नेपालको विद्युत् आपूर्ति र यातायात पूर्वाधार निर्माण गरिनेछ । ५० करोड अमेरिकी डलर अनुदानको उक्त आयोजनमा नेपाल सरकारले १३ करोड डलर योगदान गरेको छ ।
FACEBOOK COMMENTS