काठमाडाैं । मोबाईल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) लागु भएको उपलक्षमा मोबाईल व्यवसायीहरुले दिप प्रज्वलन गरेका छन् ।
मोबाइल आयातकर्ता सङ्घका अध्यक्ष दीपक मल्होत्राले एमडीएमएस लागु भएसँगै देशभरका मोबाइल ब्यावसायीहरुले दिपावली मनाउने बताएका थिए ।
अध्यक्ष मलोत्राले एमडीएमएसको शुभारम्भ कार्यक्रममा दिपावली मनाउने बताएसँगै देशका विभिन्न जिल्लाका मोबाइल ब्यवसायीले दिप प्रज्वलन गरेका हुन् । उनीहरुले दिप प्रज्वल गरेका फोटाहरू सामाजिक सञ्जालमा पोष्ट गरेका छन् ।
मोबाइल आयातकर्ता संघको लामो प्रयासपछि एमडीएमएस प्रणाली लागु भएको छ ।
नेपाल दुरसञ्चार प्राधिकरणका अनुसार भदौ ३० गतेदेखि यो प्रणाली लागु भएको छ । यो प्रणाली लागु भएसँगै अब अवैधरुपमा नेपाल भित्रिएका मोबाइल फोनहरु चल्दैनन् । यो प्रणालीले मोबाइल डिभाइसहरु पत्ता लगाउन र अनधिकृत सेटहरुको सेवा बन्द गर्न सघाउँछ ।
विगत ४ वर्षदेखि यो प्रणाली लागु गर्ने भनेर प्राधिकरणले भने पनि अहिलो आएर लागु भएको छ ।
नेपालमा यो प्रणली लागु भएसँगै फोनहरु अवैधरुपमा आयात बन्द हुने र वैधरुपमा मात्र आयात हुने हुन्छ । त्यसले गर्दा देशको राजस्वमा पनि थप टेवा पुग्ने व्यापारीहरुको भनाइ छ ।
हाल देशमा ३० प्रतिशत फोनहरु अवैधरुपमा आयात हुने गरेको अध्यक्ष मलोत्राले दावी गरेका छन् ।
FACEBOOK COMMENTS