काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सका चीफ एजेन्सी म्यानेजर तथा प्रेसिडेन्स क्लब सदस्य आर्यन खान प्रतिष्ठित अन्तर्राष्ट्रिय संस्था मिलियन डलर राउन्ड टेबल (MDRT) को २०२६ का लागि छनाेट भएका छन् ।
उनले लगातार पाँचौं पटक यो उपाधि हासिल गरेका हुन् ।
प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सका तर्फबाट MDRT २०२६ का लागि योग्य बन्ने उनी पहिलो व्यक्ति पनि बनेका छन् ।
आर्यन खानले अघिल्लो वर्ष २०२५ मा MDRT संस्थाको उच्च श्रेणी COT (Court of the Table) सम्मको योग्यता प्राप्त गरिसकेका थिए।
अब उनको लक्ष्य TOT (Top of the Table) प्राप्त गर्नु हाे उनी आत्मविश्वासपूर्वक त्यसतर्फ अघि बढिरहेका छन् ।
MDRT जीवन बीमा र वित्तीय सेवा क्षेत्रमा विश्वभरका उत्कृष्ट तथा पेशेवर व्यक्तिहरूको संगठन हो, जसले उच्चतम स्तरको व्यावसायिकता, निष्ठा, र सेवाप्रति समर्पणलाई सम्मान गर्छ ।
आर्यन खानको निरन्तर लगन, उत्कृष्ट नेतृत्व क्षमता र ग्राहकप्रतिको समर्पणले उनलाई नेपाली बीमा क्षेत्रका एक अग्रणी व्यक्तित्वका रूपमा स्थापित गरिदिएको छ ।
उनले भने,‘यो सफलता मेरो मात्र होइन,यो मेरो ग्राहकहरू, मेरो टिम, र हामीले अँगालेको विश्वासको उपलब्धि हो। हामी हरेक पॉलिसीसँगै केवल बीमा बेच्दै छैनौं, भविष्य बनाउँदैछौं।’
प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले आर्यन खानको यो ऐतिहासिक उपलब्धिमा हार्दिक बधाई दिँदै भविष्यका सफलताहरूमा सधैं साथ रहने प्रतिबद्धता जनाएको छ। बीमा व्यवसायमा आजको पुस्ताका लागि मात्र होइन, भोलिका पुस्ताका लागि पनि आर्यन खान प्रेरणाका स्रोत एवं अनुकरणीय उदाहरण बन्न सफल भएका छन्।
FACEBOOK COMMENTS