काठमाडौं । नेपाल औषधि उत्पादक संघमा नयाँ कार्यसमिति चयन भएको छ ।
अध्यक्ष लगायत सबै पदमा सर्वसम्मत नेतृत्व चयन भएको हो ।
संघको अध्यक्षमा विप्लव अधिकारी रहेका छन् । यस्तै वरिष्ठ उपाध्यक्षमा प्रभात रुङ्गटा, उपाध्यक्षमा पृथ्वी राज भण्डारी (निजु), महासचिवमा सन्तोष बराल, सचिवमा गिरिराज पाठक (गणेश) र कोषाध्यक्षमा सुमित चन्द्र श्रेष्ठ चयन भएका छन् ।
सदस्यहरुमा शैलेस वैध, पंकज तिवारी, शरदचन्द्र ओझा, इश्वर भण्डारी, सजल राज रेग्मी र प्रवन दाहाल रहेका छन् । नवनिर्वाचित कार्यसमितिको कार्यकाल दुई वर्षको हुनेछ ।
FACEBOOK COMMENTS