काठमाडौं । अन्तर्राष्ट्रिय योग दिवस को विशेष अवसरमा, सद्गुरुको मार्गदर्शनमा इशा फाउन्डेसनका स्वयंसेवकद्वारा रचना गरिएको ‘मिराकल अफ माइन्ड’ एप नेपाली भाषामा उपलब्ध हुने भएको छ ।
बालुवाटारस्थित टी२१ प्यालेसमा आयोजना हुने एक विशेष ध्यान कार्यक्रममा यसको औपचारिक शुभारम्भ हुनेछ । ‘मिराकल अफ माइन्ड’ सद्गुरुद्वारा विशेष रूपमा रचना गरिएको एक शक्तिशाली एवम् निर्देशनसहित ध्यान गर्ने एप हो, जसले मानिसहरूलाई नियमित ध्यान अभ्यासमा स्थापित गराउन मद्दत गर्दछ ।
एक योगी, रहस्यद्रष्टा र दूरदर्शी सद्गुरुले विगत चार दशकदेखि मनुष्यको चेतनामाथि उठाउनका लागि रूपान्तरणकारी अभियानको नेतृत्व गर्दै आएका छन् ।