काठमाडौं । नेकपा एमाले दोलखा–काठमाडौं सम्पर्क मञ्चले शिक्षक आन्दोलनका विषयमा दोलखाका शिक्षकहरूसँग छलफल गरेको छ ।
देशभरका शिक्षकहरू काठमाडौंमा भेलाभइ करिब २० दिनदेखि जारी आन्दोलनका सम्बन्धमा दोलखा–काठमाडौं सम्पर्क मञ्चले छलफल गरेको हो ।
छलफलमा शिक्षक आन्दोलन, सरकारको भूमिका र समग्र शैक्षिक अवस्थाको विषयमा छलफल गरिएको थियो । दोलखा–काठमाडौं सम्पर्क मञ्चले सम्झना गरेर छलफल आयोजना गरेकोमा खुसी व्यक्त गर्दै शिक्षकहरूले आन्दोलनलाई ऐक्यवद्धता जनाइदिन आग्रह गरे ।
उनीहरूको आग्रहमा सम्पर्क मञ्चले शिक्षक आन्दोलन सफल पार्न पार्टीका नेताहरूसँग लविङ गर्ने विश्वास व्यक्त गरे । जारी शिक्षक आन्दोलनका लागि दोलखाबाट करिब २०० जना शिक्षक काठमाडौं आएका छन् ।
FACEBOOK COMMENTS