काठमाडौं । गृहमन्त्री रमेश लेखकसँग भारतीय जनता पार्टीका वरिष्ठ नेता भगतसिंह कोश्यारीले शिष्टाचार भेट गरेका छन् । भैँसीपाटीस्थित मन्त्री निवास पुगेर बिहीबार राति नेता कोश्यारीले मन्त्री लेखकसँग भेट गरे ।
भेटमा गृहमन्त्री लेखकले भारतको जम्मु–कश्मिरमा भएको आतङ्कवादी आक्रमणको निन्दा गर्दै नेपाल सरकार आतङ्कवादी हमलाविरूद्ध रहेको स्पष्ट पारे ।
मन्त्री लेखकले छिमेकी देशहरूविरूद्ध आफ्नो भूमि प्रयोग गर्न नदिने प्रतिबद्धता व्यक्त गर्नुभयो । नेपाल–भारतबीच रहिआएको सदियौँदेखिको मित्रवत सम्बन्ध थप सुदृढ गर्दै लैजाने विषयमा भारतीय जनता पार्टीका वरिष्ठ नेता कोश्यारीसित छलफल भएको उनले जानकारी दिए ।
भारतीय नेता कोश्यारीले नेपाल र भारतबीच सदियौँदेखि रहिआएको सम्बन्ध थप सुदृढ गर्दै लैजानुपर्नेमा जोड दिए ।
FACEBOOK COMMENTS