काठमाडौं । सभामुख देवराज घिमिरेले बोलाएको कार्यव्यवस्था परामर्श समितिको बैठक सुरू भएको छ ।
सभामुखको सचिवालयका अनुसार बैठक केहि बेरअघि सिंहदरबारमा सुरू भएको हो ।
बैठकले यसअघि मुख्य सचेतक र प्रमुख सचेतकको बैठकले तय गरेका संसदको आगामी दिनका क्यालेन्डरलाई पारित गर्ने बताइएको छ ।
विपक्षी दलहरूले भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामाको माग गर्दै संसद अवरोध गरिरहेका छन् ।
संवैधानिक व्यवस्थाको सम्मान गर्दै विपक्षी दलहरूले बिहीबार संसदमा बजेट प्रस्तुत गर्न दिए पनि आगामी बैठक अवरुद्ध गर्ने बताएका छन् ।
FACEBOOK COMMENTS