काठमाडौँ । आज दुई संसदीय समितिका बैठक बस्दै छन् । प्रतिनिधिसभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समिति र राष्ट्रिय सभाअन्तर्गतको विधायन व्यवस्थापन समितिको बैठक बस्न लागेको हो ।
बिहान ११ बजे समितिको सभाकक्ष सिंहदरबारमा बस्ने राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयकमा छलफल हुने कार्यसूची छ ।
त्यस्तै, दिउँसो १ बजे समितिको बैठक कक्ष सिंहदरबारमा बस्ने विधायन व्यवस्थापन समितिको बैठकमा केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८० माथि दफावार छलफल हुने कार्यसूची छ ।
FACEBOOK COMMENTS