काठमाडौं । आज संघीय संसदका तीन समितिको बैठक बस्दैछ । आज प्रतिनिधि सभाका शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति, कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति र महिला तथा सामाजिक मामिला समितिको बैठक बस्दैछ ।
आज बिहान ११ बजे बस्ने महिला तथा सामाजिक मामिला समितिको बैठकमा समितिले दिएका निर्देशन कार्यान्वयनको अवस्था सम्बन्धमा छलफल हुने कार्यसूची रहेको छ ।
त्यसैगरी बिहान ११ बजे बस्ने कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठकमा भूमि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक, २०८२ का सम्बन्धमा दफावार छलफलको कार्यसूची रहेको समितिले जनाएको छ ।
त्यसैगरी बिहान १० बजे बस्ने बस्ने शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा विद्यालय शिक्षा विधेयक,२०८० सम्बन्धी उपसमितिको प्रतिवेदन माथि छलफलको कार्यसूची रहेको छ ।
FACEBOOK COMMENTS