काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टी र जनता समाजवादी पार्टीबिच पार्टी एकता वार्ता भएको छ ।
केन्द्रीय कार्यालय, पेरिसडाडामा सम्पन्न वार्ता सकारात्मक रहनुको साथै छिटोभन्दा छिटो निष्कर्षमा पुग्ने सहमति भएको छ ।
वार्तामा नेपाली कम्युनिष्ट पार्टीको तर्फबाट देव गुरुङ, बेदुराम भुसाल, प्रमेश हमाल, प्रकाश ज्वाला, शक्ति बस्नेत र गिरिराजमणि पोख्रेल तथा जसपाको तर्फबाट वार्ता समितिका संयोजक राजेन्द्र श्रेष्ठ, रेनु यादव, रणध्वज कन्दङ्गवा र पर्शुराम बस्नेतको सहभगिता रहेको थियो ।
निर्णायक वार्ता भोली कार्तिक ४ गते ३ बजे नेकपाको केन्द्रीय कार्यालय पेरिसडाडामा हुने नेता प्रकाश ज्वालाले जानकारी दिएका छन् ।
FACEBOOK COMMENTS