काठमाडौं । गृहमन्त्री सुधन गुरुङ र गरिमा चौधरीको आमा बुबाबीच वार्ता सुरु भएको छ ।
बाराको सिमरामा हत्या गरिएकी तीन वर्षीया बालिका गरिमा चौधरीका आमा–बुवा काठमाडौं आइपुगेर वार्ता सुरु गरेका छन् ।
सहभागी कृषिमन्त्री गीता चौधरी पनि पुगेकी छिन् ।
शनिबार अपराह्न सिमरा विमानस्थलबाट गरिमाका बुवा मनोज चौधरी र आमा मानमती चौधरीलाई स्थानीय अभियन्ताको साथमा काठमाडौं ल्याइएको हो ।