काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनबीच भेटवार्ता भएको छ ।
बुधबार देउवा निवासमा पुगेर राप्रपा अध्यक्ष लिङदेनले पृथ्वी जयन्तीको अवसरमा राप्रपाद्वारा आयोजित चियापानको निमन्त्रणा गरेको राप्रपा प्रवक्ता मोहन कुमार श्रेष्ठले जानकारी दिएका छन् ।
सो अवसरमा देउवा र लिङदेनबीच आसन्न चुनाव र समकालीन राजनीतिका विभिन्न विषयमा कुराकानी भएको प्रवक्ता श्रेष्ठले जानकारी दिए ।
FACEBOOK COMMENTS