काठमाडौँ । गृहमन्त्री बालकृष्ण खाण र प्रधानसेनापति प्रभुराम शर्माबीच भेटवार्ता भएको छ ।
गृह मन्त्रालयमा भएको भेटमा राष्ट्रिय सुरक्षाका अवस्थाबारे छलफल भएको गृहमन्त्रीको सचिवालयले जनाएको छ ।
भेटमा वर्तमान सुरक्षाका अवस्था र निर्वाचन सुरक्षाका चुनौतीलगायतका विषयमा छलफल भएको बताइएको छ ।
सरकारले मंसिर ४ मा प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मिति घोषणा गरेको छ ।
सेना, प्रहरी, सशस्त्र र राष्ट्रिय अनुसन्धान विभागले निर्वाचन सुरक्षा योजना तयार गरिरहेको छन् ।
FACEBOOK COMMENTS