काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनबीच भेटवार्ता भएको छ ।
विहिबार विहान भएको भेटवार्तामा राप्रपा अध्यक्ष लिङदेनले लामिछानेलाई पृथ्वी जयन्तीको अवसरमा राप्रपाद्वारा आयोजित चियापानको निमन्त्रणा दिएका थिए ।
साथै दुवैबीच समसामयिक राजनीतिक परिस्थिति बार छलफल भएको भएको प्रवक्ता मोहन कुमार श्रेष्ठले जानकारी दिएका छन् ।
अध्यक्ष लिङदेनले यसअघि बुधबार काँग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीलाई पनि भेट गरेर निमन्त्रणा दिएका थिए ।
FACEBOOK COMMENTS