काठमाडौं । प्रधानमन्त्री शेर बहादुर देउवा र नेपाल सुनचाँदी ब्यवसायी महासंघका पदाधिकारीहरुबीच भेटवार्ता भएको छ । भेटमा महासंघका पदाधिकारीले सुनचाँदी ब्यवसाय सञ्चालन सम्बन्धी प्रष्ट ऐन ल्याउन आग्रह गरे ।
नेपाल सुनचाँदी ब्यवसायी महासंघका अध्यक्ष माणिक रत्न शाक्यको नेतृत्वमा गएको महासंघको प्रतिनिधिमण्डलले नवनियुक्त प्रधानमन्त्री देउवासँग प्रष्ट ऐन तथा नीति निर्देशिकाको अभावमा ब्यवसाय सञ्चालनमा कठीनाई उत्पन्न भएको भन्दै यथासिघ्र ऐन निर्माणका लागि सरकारको ध्यानाकर्षण गराउनुभयो । त्यसक्रममा प्रधानमन्त्री देउवाले सुनचाँदी ब्यवसायी महासंघले राखेमा माग सम्बोधनगर्न पहल गर्ने आश्वासन दिनुभयो ।
उहाँले ब्यवसायीमाथि परेमा समस्या समाधानगर्न सरकार सदैव तयार रहेको बताउनुभयो । भेटमा नेपाली काँग्रेसका सांसद मिन बहादुर विश्वकर्माले ब्यवसायीका लागि आवश्यक पर्ने ऐन निर्माणक लागि आफ्नो तर्फबाट सक्दो सहयोग गर्ने प्रतिविद्धता ब्यक्र गर्नुभयो । उहाँले सुनचाँदीको कारोबार सम्वन्धी ऐन नहुँदा सुनचाँदी ब्यवसाय सञ्चालनमा समस्या आएको बिषयमा आफू जानकार रहेको उल्लेख गर्दै यो समस्या सिघ्र समाधान हुनुपर्ने आवश्यकता औंल्याउनुभयो ।
FACEBOOK COMMENTS