काठमाडाैँ । सत्ता साझेदार दलको बैठक सुरु भएको छ। प्रधानमन्त्री निवास बालुवाटमा बैठक अहिले बसिरहेको छ। आजको बैठकमा पछिल्लो राजनीतिक र आर्थिक अवस्थाका बारेमा छलफल हुने जनाइएको छ।
आजको बैठकमा सरकारको सय दिने कामको समीक्षा र आगामी रणनीतिबारे पनि छलफल हुने जनाइएको छ। यसअघि बुधबार बसेको बैठकले सत्ता साझेदार दलहरुबीच एकमत बनाउनको लागि आजको बैठकमा छलफल गर्ने सहमति भएको थियो।
सरकारको सय दिन पार गरेलगत्तै विपक्षी दलहरुले सरकारविरुद्ध मोर्चाबन्दी थालेका छन्। विपक्षी दलहरुले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार असफल भएको दाबी गर्दै आइरहेका छन्।
FACEBOOK COMMENTS