काठमाडौं । मेगा बैंकले प्रमुख कार्यकारी अधिकृत (सीईओ) एक वर्षमा २ करोड ९४ लाख ९१ हजार ६२५ रुपैयाँ तलब, भत्ता दिएको छ ।
बैंकको गत आवमा निवर्तमान सीईओ अनुपमा खुञ्जेली र कायम मुकायम कार्यकारी अधिकृत रवीना देशराज श्रेष्ठलाई दिएको हो ।
खुञ्जेली ४ वर्षको कार्यकाल सकेर बैशाख १ गते बैंक छोडेकी हुन् । बैशाख २ गतेबाट लागू हुने गरी नायव प्रमुख कार्यकारी अधिकृत रवीना देशराज श्रेष्ठलाई कायम मुकायम प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी दिइएको छ ।
बैंकले गत आर्थिक वर्षमा तलब बापत १ करोड ४९ हजार ७६६ रुपैयाँ, भत्ता बापत १९ लाख ४२ हजार ८९३ रुपैयाँ, सञ्चय कोष बापत २ लाख ३७ हजार २३४ रुपैयाँ, बोनस बापत ४० लाख ४३ हजार ६९८ रुपैयाँ र इन्भन बापत ३ लाख ७५ हजार ३७५ रुपैयाँ भुक्तानी गरेको छ ।
यस्तै बैंकले सञ्चालकलाई बैठक भत्ता वापत ५० लाख ५ हजार ६०५ रुपैयाँ भत्ता दिएको छ भने मोबाईल तथा पत्रपत्रिका बापत १० लाख ५८ हजार ४०० रुपैयाँ भत्ता दिएको जनाएको छ ।
FACEBOOK COMMENTS