काठमाडौं । मेगा बैंकले गत असार मसान्तसम्म २ अर्ब ३० करोड २५ लाख ८६ हजार रुपैयाँ नाफा कमाएको छ ।
जुन अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ४५.१६ प्रतिशतले बढी हो । आघिल्लो आवको सोही अवधिमा १ अर्ब ५८ करोड ६२ लाख १४ हजार रुपैयाँ नाफा कमाएको थियो । गत आवको चौथो त्रैमाससम्म बैंकको वितरणयोग्य नाफा १ अर्ब ५१ करोड ५८ लाख ४५ हजार रुपैयाँ रहेको छ । असार मसान्तसम्ममा बैंकले ५ अर्ब ८० करोड ४६ लाख ६८ हजार रुपैयाँ खुद ब्याज आम्दानी आर्जन गरेको छ ।
१४ अर्ब ६५ करोड ४९ लाख ६४ हजार रुपैयाँ चुक्ता पुँजी भएको बैंकको जगेडा कोषमा ५ अर्ब ६४ करोड ८७ लाख ८६ हजार रुपैयाँ रहेको छ । १ खर्ब ३६ अर्ब ८९ करोड ३५ लाख ८८ हजार रुपैयाँ निक्षेप संकलन गरेको बैंकले १ खर्ब ३७ अर्ब ३१ करोड ८९ लाख ५ हजार रुपैयाँ कर्जा लगानी गरेको छ । प्रतिसेयर आम्दानी १५ रुपैयाँ ७१ पैसा रहेको बैंकको प्रतिशेयर नेटवर्थ १३९ रुपैयाँ ११ पैसा रहेको छ ।
FACEBOOK COMMENTS