काठमाडौं । मेगा क्यापिटल मार्केट्स लिमिटेडको पाँचौ वार्षिक साधारण सभा मंसिर १६ गते हुने भएको छ ।
क्यापिटलको कात्तिक ५ गतेको सञ्चालक समितिको बैठकले फेयरपिल्ड बाई म्यारिजओट, त्रिवेणी मार्ग, काठमाडौंमा दिउँसो ३ः३० बजे सभा गर्ने निर्णय गरेको हो ।
सभाले गत आर्थिक वर्ष ०७८/७९ सम्मको वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरू पारित गर्नुका साथै २४ दशमलव ५ प्रतिशत नगद लाभांश प्रस्तावलाई समेत स्वीकृति प्रदान गर्नेछ ।
अन्य कुनै मर्चेन्ट बैंकिङ व्यवसाय सञ्चालन गरिरहेका कम्पनीसँग मर्जरमा जाने विषयलाई समेत क्यापिटलले सभाका लागि तय गरेको छ । आगामी दिनमा मर्जरमा जान आवश्यक देखिएमा त्यसको सम्पूर्ण जिम्मेवारी सञ्चालक समितिलाई दिने निर्णय समेत सभाले गर्नेछ ।
FACEBOOK COMMENTS