काठमाडौं । मेगा क्यापिटल मार्केट्सले नयाँ मेगा इन्स्योर्ड पोर्टफोलियो सेवा सञ्चालनमा ल्याएको छ ।
क्यापिटलले लगानी व्यवस्थापन सेवा अन्तर्गत ग्राहकलाई उचित प्रतिफलका साथै दुर्घटना तथा स्वास्थ्यमा जोखिम खर्च प्रदान गर्ने बीमा आवद्ध गरी नयाँ मेगा इन्स्योर्ड पोर्टफोलियो सेवा सञ्चालनमा ल्याएको हो ।
यस नयाँ सेवा ग्राहकलाई दुर्घटना तथा स्वास्थ्य अनुकुल नहुनाले अस्पताल भर्नाको आकस्मिक खर्चबाट सुरक्षा प्रदान गर्नुका साथै सेयर बजारमा हुने लगानीको जोखिमलाई समेत न्यूनीकरण गरी उचित प्रतिफल प्रदान गर्नेमा केन्द्रित रहने क्यापिटलले जानकारी दिएको छ ।
क्यापिटलको अनुसार यस नयाँ पोर्टफोलियो सेवामा लगानीको आकर बमोजिम बीमाको सुरक्षा रकम निर्धारण गरिएको र सो रकमलाई दुर्घटना बीमा तथा स्वास्थ्य बीमा अनर्गत अस्पताल भर्ना खर्च बीमा रकममा बराबर अनुपातमा विभाजन गरिएको छ ।
यसमा न्यूनतम ३ लाख नगदबाट वा आफुसँग भएको रकम बराबारको सेयर दिएर समेत प्रारम्भ गर्न सकिने क्यापिटलले जनाएको छ ।
FACEBOOK COMMENTS