काठमाडौँ। बिपिडब्लु लघुवित्त वित्तीय संस्था लिमिटेड र मेगा क्यापिटल मार्केट्स लिमिटेडबीच सेयर रजिष्ट्रारसम्बन्धी सम्पूर्ण कार्य गर्नको लागि सम्झौता भएको छ।
एक कार्यक्रमका बीच बिपिडब्लु लघुवित्त वित्तीय संस्था लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत दिलिप कुमार पोखरेल र मेगा क्यापिटल मार्केट्स लिमिटेडका तर्फबाट कामु प्रमुख कार्यकारी अधिकृत सुलभ श्रेष्ठले सम्झौतापत्रमा
हस्ताक्षर गरेका हुन्।
उक्त कार्यक्रममा मेगा क्यापिटल मार्केट्स लिमिटेडका मार्केटिङ्ग डिपार्टमेन्ट हेड गिरिराज पोखरेल र मर्चेन्ट बैकिङ्ग इन्चार्ज मनिषा दाहालको समेत उपस्थिति रहेको थियो।
सम्झौतासँगै अब धितोपत्र कारोबारसम्बन्धी अभिलेख राख्ने, सेयर दाखिल खारेज गर्ने, नामसारी गर्ने र सेयरवालाहरुको लागत अद्यावधिक गरी राख्नेसम्बन्धी सम्पूर्ण कार्यहरु मेगा क्यापिटल मार्केट्स लिमिटेड, साकेत कम्प्लेक्स, त्रिपुरेश्वर, काठमाण्डौं मार्फत उपलब्ध गराउने क्यापिटलले जनाएको छ।
FACEBOOK COMMENTS