बुटवल । पुस ८ गतेदेखि बुटवलमा सञ्चालन हुने चौथो राष्ट्रिय औद्योगिक प्रदर्शनी तथा व्यापार मेलाको तयारी तीव्र पारिएको छ । उद्योग व्यापार संघ बुटवलको आयोजनामा देवीनगर रंगशाला नजिकको खुलाचौरमा पुस २० गतेसम्म सञ्चालन हुने मेलाको ६० प्रतिशत तयारी पूरा भएको आयोजकले जनाएको छ ।
हालसम्म करिब तीन सय स्टल दर्ता भइसकेका संघले जानकारि दिएको छ। स्वदेशी तथा विदेशी गरी ४ सय ५० स्टल रहने मेला सम्पन्न गर्न करिब ८० लाख रुपैयाँ खर्च हुने र करिब ५० करोड रुपैयाँको कारोबार हुने लक्ष्य राखिएको छ । मेलाले स्वदेशी उद्योगका उत्पादनको वजार प्रवद्र्धन, व्यवसाय र सेवाको विस्तार तथा नयाँ पुस्तालाई उद्यमशील बनाउन उत्प्रेरणा दिने संघका संस्थापकले बताएका छन् ।
संघका महासचिव पदम जिसीका अनुसार मेलामा १५ वटा सेल्फी जोन, संख–घण्टासहितका पुजारी रहने गरी ११ थरी देवी देवताका मूर्ति पनि राखिने छ।
FACEBOOK COMMENTS