काठमाडौं । भारत–नेपाल लोक शिल्प मेला आज देखि सकिएको छ । चौत १५ गते देखि छाया सेन्टरमा सुरु भएको भारत–नेपाल लोक शिल्प मेला आज देखि सकिएको हो ।
भारत–नेपाल शिल्प मेला (आईएनसीएफ) दक्षिण एसिया फाउन्डेशन (एसएफ) को एक पहल हो । जसले शिल्पमा आधारित द्विपक्षीय सम्बन्धहरूको प्रोत्साहन गर्दछ । भारत र नेपालबीचको शिल्प र संस्कृतिको आदान–प्रदान कार्यक्रमलाई बढाउँछ ।
मेलामा विभिन्न शिल्पको लाइभ प्रदर्शनीको साथै ५ दिने अनौपचारिक प्रदर्शनीका साथ, भारत र नेपालका शिल्पकर्मीहरूद्वारा बनाइएका अनौपचारिक आर्टिफेक्टहरू राखिएको थियो ।
मेलाका आकर्षणहरूमा व्यापार सुविधा, सांस्कृतिक कार्यक्रमहरू, शिल्प प्रदर्शनको लाइभ डेमन्स्ट्रेशन, डिजाइन वर्कसपहरू, भारत र नेपालका लोक कला र शिल्प, र साथमा वाराणसीको आकर्षक शिल्प समेत थियो ।
शिल्प मेला (आईएनसीएफ–२०२४) भारतको राजदूतावास, काठमाडौं, नेपालको राजदूतावासको प्रायोजनमा साथै विभिन्न नेपाली प्रायोजकहरू द्वारा प्रयोजन गरिएको हो ।
दक्षिण एसिया फाउन्डेशन र एसएएफ–नेपालको आयोजना र फेडरेशन अफ ह्याण्डिक्राफ्ट एसोसिएसन अफ नेपाल (एफएचएएन) र सार्क व्यापार संघको घरेलु काममा आधारित कामदारहरूको नेपाल च्याप्टर एसएबीएएच नेपालले आईएनसीएफ–२०१६मा संयुक्त सहकार्य गरेको थियो ।
यस प्रदर्शनी एवं बिक्री मेलामा ३५ भन्दा बढी शिल्पकर्मी/शिल्प सहित नेपालका विभिन्न भागहरूबाट २० भन्दा बढी शिल्पकर्मीहरूको सहभागीता थियो ।
FACEBOOK COMMENTS