काठमाडौं । तेस्रो ‘स्पेस एण्ड डिजाइन एक्स्पो २०२४’ सुरु भएको छ । कमलपोखरी स्थित सिटी सेन्टरमा आयोजित एक्स्पोको शुक्रबार एक कार्यक्रमकाबीच काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डंगोलले उद्घाटन गरिन् ।
आईआईएफटी स्कुल अफ फेसन एण्ड इन्टेरियर डिजाइनको आयोजना रहेको एक्स्पो शुक्रबार र शनिबार गरेर दुई दिन चल्नेछ । प्रदर्शनिमा आईआईएफटी स्कुल अफ फेसन एण्ड इन्टेरियर डिजाइनमा अध्यायनरत ६३ विद्यार्थीका इन्टरियर सम्बन्धि बिभिन्न सिर्जना प्रदर्शनमा राखिएका छन् । जसमा ३५ ग्राजुयट र २८ रनिङ बिद्यार्थी हुन् ।
कार्यक्रममा उपमेयर सुनिता डंगोलले इन्टेरियर डिजाइन पछिल्लो समय महत्वकासाथ हेर्न थालिएकोले यसमा लाग्नेको भबिश्य राम्रो भएको बताइन् । ‘अर्थसंग जोडेर हेर्ने हो इन्टेरियर डिजाइन एकदमै महत्वपुर्ण बिधामा पर्छ’, उनले भनिन् ‘अहिले सानो कपिसप खोल्दा पनि डिजाइन गर्ने चलन छ ।’ उनले इन्टेरियर डिजाइनमा ग्राजुयट बिद्यार्थीलाई बधाई तथा सफल भबिश्यका लागि शुभकामना समेत दिइन् ।
एक्स्पोमा दुई प्रकारको प्रदर्शनी कक्ष छन् । एउटा अध्यायन गरेर ६ महिना मात्र भएका बिदार्थीको बिभिन्न फरक फरक क्याफे डिजाइनहरु छन् । ग्राजुयट भएका बिद्यार्थीको थेसिस भनेर राखिएको छ । थेसिस भएकाहरुको बिभिन्न फरक प्रोजेट बनाएका छन् ।
प्रदर्शनमा राखिएको सबै प्रदर्शनीबीच समेत प्रतिस्पर्धा हुने र निर्णायकको निर्णयको आधारमा प्रथम, दोस्रो र तेस्रो रुपमा पुस्कृति हुनेछन् । उपमेयर डंगोल लगायतका अतिथिले सबै प्रदर्शनी अवलोक गरेर त्यसको बारेमा जानकारी समेत लिएका छन् ।
बर्जर पेन्टस् र डोर्सेट मिराज, फत्ताजु फर्निचर, फर्निचर हब, सिकर्मी हार्डवेयर विशेष प्रायोजन रहेको प्रदर्शनीमा उपमेयर डंगोलले ग्राजुयट बिद्यार्थीलाई सर्टिफिकेट समेत प्रदान गरिन् ।
आईआईएफटी स्कुल अफ फेसन एण्ड इन्टरियर डिजाइन विगत एक दशकदेखि फेसन तथा इन्टेरियर डिजाइन सम्बन्धी अध्ययन गराउँदै आएको एकेडमी हो ।
आईआईएफटीले आफ्नो विद्यार्थीका सिर्जना आम जनमानसमा परिचित गराउने उद्देश्यले यो कार्यक्रम गर्दै आएको हो । फेसन डिजाइनमा १४ महिना र इन्टेरियर डिजाइनमा १५ महिनाको कोर्ष प्रदान गर्दै आएको आईआईएफटीका शाखाहरु काठमाडौँको हेरिटेज प्लाजा, बागबजारको बागबजार प्लाजा र ललितपुरको कुमारीपाटीमा छ ।
नेपालकै ठुलो फेसन र इन्टेरियर अध्यापन संस्थाको रुपमा परिचित आईआईएफटीले आफ्नो अध्यापन गर्ने विद्यार्थीका लागि सिर्जना प्रस्तुत गर्न विभिन्न फेसन शो, ‘स्पेस एण्ड डिजाइन एक्स्पो’ लगायत कार्यक्रम आयोजना गर्दै आएको छ ।
FACEBOOK COMMENTS