काठमाडौँ । नेपाली ब्रान्ड अल्टिमा लाइफस्टाइलले ‘अल्टिमा एक्सचेन्ज मेला’ आयोजनाको घोषणा गरेको छ । कम्पनीले दुई दिने मेला आयोजना गर्ने लागेको हो।
सुन्धारामा अवस्थित सिभिल मल पहिलो तल्लामा बिहान ९ बजेदेखि बेलुका ६ बजेसम्म र हुकुट स्टोर, न्यूरोडमा बिहान ८ बजेदेखि बेलुका ८ बजेसम्म यही साउन २६ र २७ गतेसम्म सञ्चालन मेला सञ्चालन हुन लागेको हो ।
अल्टिमा एक्सचेन्ज मेलाले अडियो अनुभवलाई पुनः परिभाषित गर्ने जनाइएको छ । यस विशेष उत्सवमा, अल्टिमाले ग्राहकहरूलाई आफ्ना पुराना वायर भएका इयरफोनहरू र अडियो उपकरणहरू, नवीन अत्याधुनिक प्रविधियुक्त इयरफोन अल्टिमा एटम ८२० सँग साट्न प्रोत्साहित गर्ने बताइएको छ । जहाँ टप अफ द लाइन टु« वायरलेस स्टेरियो टि डब्लु एस १,१९९ मा उपलब्ध हुने छ यो अडियोमा आधुनिककिरण अनुभव गनहरुर्कोे लागि एक विशेष अवसर हुने कम्पनीको भनाइ छ।
‘अल्टिमा एक्सचेन्ज मेला, ग्राहकहरुको हाल भईरहेको वायर्ड इयरवडहरुको ब्रान्ड वा अवस्थालाई ध्यान नदिई सबैका लागि खुला गरिएको छ जुन नेपालमा मात्र नभइ सम्भवत विश्वव्यापी रूपमा नै यो किसिमको पहिलो कार्यक्रमको रूपमा इतिहास रच्न तयार रहेको छ । नेपालका प्रत्येक व्यक्तिलाई नवीन उपकरणको अतुलनीय सांगीतिक आनन्द दिने अल्टिमाको महत्वाकांक्षा हो’, कम्पनीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
अल्टिमा लाइफस्टाइल नेपालको सबैभन्दा छिटो अघि बढिरहेको वेरेवल एसीसोरीज (पहिरन योग्य) ब्रान्ड हो ।
FACEBOOK COMMENTS