काठमाडौं । यहि असोज १० गतेदेखि ललितपुरमा प्रथम जुत्ता चप्पल व्यापार मेला सुरु हुने भएको छ । नेपाली उत्पादनको प्रवर्द्धन, हाम्रो अभियान’ भन्ने नारासहित मेला कार्तिक ३ गतेसम्म सञ्चालनमा ल्याउन लागेको हो ।
झन्डै एक महिनासम्म चल्ने मेला जाउलाखेल खेल मैदानमा हुनेछ । मेलाले आर्थिक मन्दीतर्फ उन्मुख नेपालको अर्थतन्त्रलाई समेत चलायमान बनाउन सहयोग पुग्ने तथा जुत्ता र चप्पलको उत्पादन र बिक्री वितरणमा जोड दिने अपेक्षा आयोजकले राखेको छ ।
झन्डै एक महिनासम्म चल्ने मेलामा नेपालमा स्थापित चर्चित जुत्ता चप्पल उत्पादक कम्पनी र ब्राण्डहरु रोयल शु इण्डष्ट्रिजको उत्पादन ( रोयल शुज, वेश फुटवेयरको उत्पादन विएफ डियर हिल र वि।एफ स्पोर्ट, लालिगुरास ( फुटवेयरको कस रोड शुज, शुभकामना फुटवेयरको ( फस्टवाक शुज, नमस्ते फुटवेयरको सिल, आर।डि।कलेक्सनको हाई लाईफ, केटिएम शुजको केटिएम, डि.जे शुज कम्पनीको डि। जे। शुज, फुड फेशनको वेली शुज, सर अनिल ट्रेड लिंक्सको उत्सव र कोसेली छाला जुत्ता उद्योगको ( कोसेली सुज ( गरि ११ वटा कम्पनी र व्राण्डहरुको सहभागिता रहने आयोजकले बताए।
मेला विहान ९ बजेदेखि ७ बजेसम्म सञ्चालनमा आउने छ भने मेलामा ३ हजार भन्दा वढि मोडल र डिजाइनका जुत्ताहरु उपलब्ध हुने जनाएको छ।
मेलामा विषेश छुटसहित न्युनतम २० देखि ५० प्रतिशतसम्म छुटको व्यवस्था रहने बताइएको छ भने मेला अवधिभरमा ५ करोडको कारोबार गर्ने लक्ष्य लिइएको मेला संयोजक होमनाथ उपाध्यायले बताए ।
FACEBOOK COMMENTS